मुहानमा क्षती पुगेपछि खानेपानी वितरण अनियमित हुने
मुहानमा क्षती पुगेपछि खानेपानी वितरण अनियमित हुने
गोरखा ः सदरमुकाम क्षेत्रमा खानेपानी बितरण गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी उपभोक्ता संस्थाको पानी वितरण केहि दिन अनियमित भएको छ ।
मंगबार रातीको बर्षादले शहिद लखन गाउँपालिका–७ को ढाक्रेखोला र छाङखोलाको मुहानका पाइपलाइन तथा संरचनामा क्षति पुगेको संस्थाका शुसिल अर्यालले जानकारी दिए । भेलले एक सय मिटर पाइप लाइन, रिटेनिङ वाल, इन्टेकमा क्षती पुगेको उनले बताए । ‘झण्डै डेड करोड वरावरको क्षती भएको छ, छाङ खोलाको वालहरु खोतल्लीएर जोखिम वढेको छ,’ उनले भने । अस्थायी रुपमा मर्मत गरि विहिबार पानी संचालन हुने र एक साता भित्र मर्मतको काम सकेर पानी नियमित गर्ने पनि उनले बताए । ‘पुर्वाधार विकासका लागि ठुलै रकमको आवश्यकता पर्छ, अहिले पानी संचालनको लागि प्रयास गरिरहेका छौँ,’ उनले भने । पृथ्वी नारायण साना शहरी खानेपानी संस्थाले सदरमुकाम क्षेत्रको १३ सय भन्दा वढी घर धुरीमा खानेपानी वितरण गर्दै आएको छ ।