प्रशोधन योग्य आलु र रैथाने बालीको प्रवद्र्धन गरिने
प्रशोधन योग्य आलु र रैथाने बालीको प्रवद्र्धन गरिने
गोरखा ः कृषि ज्ञान केन्द्रले चालु आर्थिक बर्ष ६ करोड वरावरको कार्यक्रम कार्यन्वयन गर्ने भएको छ ।
सोमबार चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गर्दै समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन अन्तरगत १ करोड १ लाख वजेट विनियोजन भएको जानकारी गराइएको थियो । उत्त कार्यक्रम अन्तरगत यान्त्रीकीकरण सहयोग, विउ सहयोग, सिचाइ पुर्वाधार सहयोग, प्राङ्गारिक मल ब्यवस्थापन, प्याकेजिङ तथा वजारीकरण सहयोग, विउ आलु उत्पादन सहयोग लगायतका हुने छन् । उत्त कार्यक्रम अन्तरगत ६० हेक्टरका आलु खेती हुने छ । कृषक समुह वा सहकारी संस्था मार्फत कम्तिमा १० घर धुरीले न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । त्यस्तै चैते धान प्रवद्र्धन आयोजना अन्तरगत ३ सय ५० हेक्टर क्षेत्रफलमा खेतीका लागि कार्यालयले प्रोत्साहन गर्ने भएको छ । उत्त कार्यक्रम अन्तरगत सिंचाइ पुर्वाधारमा सहयोग, यान्त्रिकीकरण सहयोग, बीउमा सहयोग हुने छ । त्यस्तै चालु आर्थिक बर्ष तरकारी बाली प्रवद्र्धन, फलफुलवाली विकासका लागि पनि वजेट छुट्टाइएको छ । तरकारी बाली प्रवद्र्धन अन्तरगत कृषि फर्म कम्पनीको हकमा दुइ रोपनी वा संरक्षित संरचना भित्र १४० वर्ग मिटर क्षेत्रफल, कृषक समुह सहकारीले कम्तिमा १० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने हुन्छ । विउ उत्पादन प्रवद्र्धन, मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन, तथा रैथाने बाली प्रवद्र्धनका लागि पनि वजेट छुट्टाइएको छ । मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन अन्तरगत अदुवा, वेसार, लसुन, प्याज, खुर्सानी कृषि फर्म र कम्पनीले १० रोपनी र समुह सहकारीले ५० रोपनी क्षेत्रफलमा गरिनुपर्ने ज्ञान केन्द्रले जनाएको छ । विउ उत्पादन कार्यक्रम अन्तरगत खाद्यान्न बाली, तरकारी बाली, आलु, तेलहन बालीको कलष्टरमा विउ उत्पादन कार्यक्रम संचालन हुने छ ।