विद्यालय भवनको शिलन्यास
विद्यालय भवनको शिलन्यास
गोरखा ः भिमसेन थापा गाउँपलिका–१ मसेल स्थित दुल्लभ माविको ६ कोठे भवन निर्माण हुने भएको छ । नमुना विद्यालय अन्तरगतको बजेटबाट भवन निर्माण गर्न लागिएको विद्यालय प्रधानध्यापक लक्ष्मण बाबु आचार्यले बताए ।
उनका अनुसार ३ तले ६ कोठे भवन निर्माण गर्न लागिएको हो । भवनको निर्माणे जिम्माप्रभु निर्माण सेवाले पाएको छ । एक करोड १२ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । उत्त बजेट नेपाल सरकारको नमुना भौतिक पुर्वधार विकासको रहेको उनले बताए । आगामी असार २० गते सम्म भवन निर्माण सक्ने लक्ष्य राखिएको छ । विहिबार एक कार्यक्रमका विच भवनको शिलन्यास गरिएको छ ।