गोरखा क्याम्पसको ४७ औँ बार्षिक उत्सव सम्पन्न
गोरखा क्याम्पसको ४७ औँ बार्षिक उत्सव सम्पन्न
गोरखा ः गोरखा क्याम्पसको ४७ औँ बार्षिक उत्सव सम्पन्न भएको छ । शनिबार भएको बार्षिक उत्सवमा क्याम्पस प्रमुख नवराज पाण्डेले गत आर्थिक वर्षको प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।
क्याम्पसका हाल ४४ वटा शैक्षणिक कोठाको आवश्यकता रहेको उनले बताए । हाल २३ वटा मात्र शैक्षणिक कोठाहरु रहेकाले नपुग कक्षा कोठा निर्माणका लागि त्रिभुवन विश्वविद्यालय र भारत स्थित एक्जिम वैकसँगको सम्झौता अनुसार २८ करोडको लागतमा भवन निर्माण कार्य शुरु गर्न त्रिभुवन विश्वविद्यालय सँग समन्वय भइरहेको उनले बताए । त्यस्तै क्याम्पसमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटवल मैदान निर्माण गर्ने भावि योजना रहेको पनि क्याम्पस प्रमुख पाण्डेले बताए । आर्थिक वर्ष २०७८÷०७९, २०८०÷०८१ मा विनियोजित दुइ करोड ७५ लाख बजेटबाट पुस्तकलाय भवन निर्माणाधिन रहेको पनि उनले बताए । क्याम्पसमा विद्युतिय पुस्तकालय स्थापना गरी प्रयोगमा ल्याउने, आधुनिक पौडी पोखरी तथा उद्यान निर्माण गर्ने, प्रत्येक पालिकाबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान प्रयोजनार्थ सम्वन्धित पालिका सँग समन्वय गर्ने, प्रत्येक वर्ष वृक्षारोपण गरि गोडमेल तथा संरचक्षण कार्य निरन्तर रुपमा संचालन गर्ने भावि योजना रहेको पनि उनले बताए । क्याम्पस स्वामित्वमा रहेको वाँझो जग्गा फलफुल खेती वा अन्य बिकल्प बारेमा छलफल गरी योजनावद्ध ढंगले अगाडी वढ्ने पनि भावि योजना रहेको उनले सुनाए । गोरखा क्याम्पसमा शिक्षाशास्त्र संकाय तर्फ ४ बर्षे स्नातक तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक, जनसंख्या, इतिहास, राजनीतिशास्त्र, भूगोल, सामाजिक अध्ययन, अर्थशास्त्र, सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तहमा अंग्रेजी, नेपाली, विज्ञान, पाठ्यक्रम तथा मुल्याङ्कन, स्वास्थ्य, गणित शिक्षा गरी ६ विषयमा अध्ययन अध्यापन कार्यत्रम संचालनमा रहेको पनि जानकारी गराइएको थियो । ब्यवस्थापन संकाय तर्फ विविएस तह संचालनमा छ । विद्यालयले गत वर्ष भारतीय दुतावासको अनुदान सहयोगमा क्याम्पस वस प्राप्त भइ विद्यार्थी आवाज जावातमा सहज वनेको पनि क्याम्पसले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, विभिन्न राजनितिक दल तथा विद्यार्थी संघ संघठनका प्रमुख तथा प्रतिनिधिले मन्तब्य राखेका थिए ।