असोज १७ देखि २१ गते सम्म लिगलिग महोत्सव हुने
असोज १७ देखि २१ गते सम्म लिगलिग महोत्सव हुने
असोज २१ गते लिगलिगे दौड
गोरखा ः असोज १७ देखि २१ गते सम्म लिगलिग महोत्सव हुने भएको छ ।
पालुङटामर नगरपालिकाको ८७ औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिन असोज २१ गते लिगलिगे दौड प्रतियोगीता पनि हुने नगर प्रमुख विवश चिन्तनले बताए । चेपेघाट देखि लिगलिगकोट सम्मको दुरीमा दौड प्रतियोगिता हुने छ । ऐतिहासिक लिगलिगे दौड जितेर शाहवंशीय राजाका संस्थापक द्रव्य शाह लिगलिगकोटको राजा बनेका थिए । १६१६ मा द्रव्य शाहले लिगलिगकोट जितेपछि राजा छान्ने लिगलिगे दौड’अन्त्य भएको थियो । उत्त दौड प्रतियोगितालाई जीवन्त राख्दै २०६७ सालदेखि सांस्कृतिक खेल उत्सवका रूपमा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । पालुङटार नगरपालिकाको पर्यटकीय क्षेत्र विकास समिति मार्फत महोत्सव हुन लागेको हो । लिगलिग क्षेत्रको ऐतिहासिक र सास्कृतिक परम्परा सँग सम्वन्धित प्रदर्शनी महोत्सवमा रहने छ । हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य र संगित प्रस्तुती पनि महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा स्थानीय कृषि उपजको प्रदर्शनी, खाना पदर्शनी पनि हुने छ । महोत्सवको गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रका स्थानीयले अवलोकन गर्ने जनाइएको छ । कार्यक्रमका लागि नगरपालिकाले ८ लाख वजेट विनियोजन गरेको छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको हो । महोत्सव ब्यवस्थापन समितिको संयोजकमा कृष्ण वहादुर थापा, प्रचार प्रसार समितिको संयोजकमा रविन्द्र अधिकारी क्षेत्री, स्वास्थ्य समिति संयोजक कृष्ण वहादुर परियार रहेका छन् । पालुङटार नगरपालिका भित्र रहेको पर्यटकीय स्थलको प्रवद्र्धन परम्पराको संरक्षण र सम्वद्र्धन गर्नका लागि महोत्सवले सघाउने उनले बताए ।