फुटवल प्रतियोगिताको तेस्रो दिन ७ खेल सम्पन्न
फुटवल प्रतियोगिताको तेस्रो दिन ७ खेल सम्पन्न
गोरखा ः गोरखा नगरपालिका–६ हरमटारी स्थित रंगसालामा सेभेन ‘ए’ साइड प्रथम ¥याम्बो कप फुटबल प्रतियोगिताको तेस्रो दिन ७ खेल सम्पन्न भएको छ ।
युनाईटेड सेभेन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको तेस्रो दिन भने खुल्ला पुरुष तर्फको मात्र ७ खेल सम्पन्न भएको क्लवका अध्यक्ष श्याम आलेले बताए । सोमबार खुल्ला पुरुष तर्फ डमरु एफसि र साइबाबा एफसि विच भएको खेलमा १–० गोल अन्तरले साइबाबा एफसि विजय बनेको छ । तोमोदाची इन्ष्टिच्यूट र कोखे वाइज विच भएको खेलमा ६–१ गोल अन्तरले तोमोदाची इन्ष्टिच्यूट विजय बनेको छ । त्यस्तै ओजि एफसि र विरेन्चोक क्लव विच भएको खेल ५–२ गोल अन्तरले ओजि एफसि विजय बनेको आलेले बताए । यम वि वाइ एफसि र जरेबर एफ सि विच भएको खेलमा ६–० गोल अन्तरले यम वि वाइ एफ सि विजय बनेको छ । युनाईटेड सेभेन (वि) र के वाइ सि विच भएको खेलमा २–० गोल अन्तरले युनाईटेड सेभेन (वि) विजयी बनेको छ । ए वाइ सि ताकुकोट र रिपुमर्दनगण विच भएको खेलमा पेल्नटिमा रिपुमर्दनगण विजय बनेको आलेले बताए । तेस्रो दिनको अन्तमि खेलमा जेटि टिम र ओसन क्लव विच भएको खेलमा ५–१ गोल अन्तरले जेटि टिम विजयी बनेको छ । खुल्ला पुरुष फुटबल प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगदका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आलेले बताए । त्यस्तै दोस्रो हुनेलाई २५ हजार नगदका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । त्यस्तै विविध पुरस्कार अन्तरगत उत्कृष्ट खेलाडीलाई दुइ हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई एक हजार ५ सय प्राप्त गर्ने आलेले बताए । महिला तर्फ भने पहिलो हुने टिमलाई ५ हजार नगद पुरस्कार दिइने आयोजकले बताए