२ मेगावाटको चेपे खोला क्यास्केड जलविद्युत आयोजना निर्माण हुँदै
२ मेगावाटको चेपे खोला क्यास्केड जलविद्युत आयोजना निर्माण हुँदै
दुधपोखरी र अजिरकोट गाउँपालिका स्थित चेपे खोलाका पानी प्रयोग गरी २ मेगावाट को चेपे खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।
आशुतोष इनर्जी लिमिटेडले आयोजना निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार आयोजना अघि बढाउन उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट उत्त आयोजनाको प्रारभ्भिक बातावरणीय प्रभाव परिक्षण(आईई) स्वीकृत भइसकेको छ । २ मेगावाटतको उत्त आयोजनाबाट करिव ११.८०४ गिगावाट घण्टा(एक करोड १८ लाख ४ हजार युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार आयोजनाका सम्पुर्ण संरचनाहरु चेपे खोलाको दायाँ किनारामा रहने छन् । आयोजनाबाट उत्पादित विद्युत १.५ किलोमिटर लामो प्रसारण लाइन मार्फत चेपे खोला साना जलविद्युत आयोजनाको स्वीचयार्ड हुँदै नेपाल विद्युत प्राधिरकणको कीर्तिपुर सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनाको वाँधस्थल भन्दा तल तथा विद्युतगृह भन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोटविरुवाहरुका लागि आवश्यक पर्ने न्यूनतम पानी सरकारका सम्वन्धित निकायबाट स्वीकृत सहित प्रतिवेदन मा उल्लेख गरे बमोजिम तल्लो तटीय क्षेत्रमा छोड्न कम्पनीको प्रस्ताव राखेको छ । आयोजनाबाट २०८२ काक्तिक सम्म विदुत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।