तिन सय ८७ जनाको मोतियाविन्दु शल्यक्रिया
तिन सय ८७ जनाको मोतियाविन्दु शल्यक्रिया
सदरमुकाममा संचालित गोरखा लायन्स आँखा सेवा केन्द्रबाट एक बर्षको अवधिमा १५ हजार वढीले सेवा लिए
गोरखा ः एक बर्षको अवधिमा तिन सय ८७ जनाको मोतियाविन्दु शल्यक्रिया भएको छ । सदरमुकाममा संचालित गोरखा लायन्स आँखा सेवा केन्द्रमा गत आर्थिक बर्ष २०८०÷०८१ मा तिन सय ८७ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ ।
गोरखा नगरपालिकाका एक सय ६६ जना र अन्य पालिकाका दुइ सय २१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको गोरखा लान्यस आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले बताए । केन्द्रले हरेक महिनाको तिन दिन मोतियाविन्द्ुको शल्यक्रिया गर्दै आएको छ । शहिद लखन गाउँपालिकाका ४० जना, बारपाक सुलिकोट गाउँपालिकाका ३५ जना, सिरानचोक गाउँपालिकाका २७, भिमसेन थापाको २२ जना, पालुङटार नगरपालिकाकाको २७ जना, अजिरकोटको ११ जना, गण्डकीको १५ जना, धार्चेको ९ जना, आरुघाट गाउँपालिकाका ४ जना गरि तिन सय ६६ जनाको मोतियाबिन्द्रको शल्यक्रिया भएको छ । त्यस्तै छिमेकी तथा अन्य जिल्लाका २१ जना आँखाका विरामिको शल्यक्रिया भएको अर्यालले बताए । गोरखा लान्यस आँखा सेवा केन्द्रका अनुसार गत बर्ष ओपिटि सेवाबाट महिला ९ हजार ४ सय २८ र पुरुष ५ हजार ७ सय ८ जना गरि १५ हजार एक सय २६ जनाले सेवा लिइएका थिए । एक वर्षमा ओपिटिबाट सेवा लिइएका मध्ये ४ हजार दुइ सय ८१ जनालाई चस्मा वितरण गरिएको पनि अर्यालले बताएको छ । केहि वर्ष देखि केन्द्रमा आँखाका विरामीको संख्या बढ्दै गएको केन्द्रका चिकित्सक कुम प्रसाद पराजुलीले बताए । ‘कन्जेटिभ भाइरस जस्ता विभिन्न प्रकारका रोगहरुले पनि आँखामा समस्या देखिएको छ,’ उनले भने । गोरखा नगरपालिकाको समन्वयमा नगर क्षेत्रका आँखा विरामीहरुको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया भएको पनि उनले बताए । मोवाइल, ल्यापटप, टिभि लगायत नयाँ प्रविधिहरु धेरै मात्रामा प्रयोग गर्नाले (डूाई आई) आँखामा सुख्खा पनको समस्या देखिएको उनले बताए ।