पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो
विसौनी मोड–वतासे सडक खण्ड अन्तरगत साल्वोटेमा पनि सडक भासिएको छ ।
गोरखा ः मध्यपहाडी लोकमार्ग अन्तरग भिमसेन थापा गाउँपालिका–१ मसेल स्थित घमाइलो पाखामा खसेको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ ।
मंगलबार राती खसेको पहिरोले सडक अवरुद्ध वनेको थियो । पहिरोले जेसिभिमा पनि आशींक क्षति पुगेको थियो । पहिरो खसेपछि मंगलबार दिनभर निवेल –घ्याम्पेशाल सडक अवरुद्ध वनेको थियो । ‘साँझ एक तर्फी बाटो खुलेको छ, तर पहिरो जान रोकिएको छैन,’ स्थानीय सितल गुभाजुले भने । पहिरोले पुरेको जेसिभि पनि निकालिएको छ । पहिरोले सडकको झण्डै एक सय मिटर क्षेत्र ढाकेको थियो । त्यस्तै सदरमुकामको विसौनी मोड–वतासे सडक खण्ड अन्तरगत साल्वोटेमा सडक भासिएको छ । उत्त सडक भएर चारपाङग्रे सवारी संचालन संचालनमा रोक लगाइएको छ । मंगलबार रातीको बर्षादले सडक भासिएको हो ।