हज यात्रीलाई स्वागत
हज यात्रीलाई स्वागत
गोरखा ः जिल्ला प्रशासन कार्यलय गोरखाले हज यात्री(हाजी) लाई स्वागत गरेको छ ।
सन् २०२४ को लागि गोरखा जिल्लाबाट हजका लािग साउदी अरवको मक्का मदिना गई फर्किएकाहरुलाई वुधबार एक कार्यक्रमका विच स्वागत गरिएको हो । यस वर्ष गोरखाबाट १३ जना हज यात्राका लागि गएका थिए । जेठ २ गते साउदी अरव गएका यात्री असार दोस्रो साता फर्किएका थिए । हज गरेर फर्किएकाहरुले हाजी पदावी पाउने छन् । डेड महिना सम्म हज यात्रीले साउदी अरवको मक्का र मदिना शहरमा विभिन्न धार्मिक क्रियाकलापमा सहभागी बनेका थिए ।