बाल यौन दुरुपयोगको आरोपमा १ जना पक्राउ
बाल यौन दुरुपयोगको आरोपमा १ जना पक्राउ
गोरखा ः १६ बर्षिय बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा १४ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
शहिद लखन गाउँपालिका–९ मा भदौ १ गते अरोपित वालकले यौनजन्य अस्वभाविक कार्य गरि बाल यौन दुरुपयोग गरेको भन्दै पिडितको दिदी मार्फत आएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई प्रहरीले पक्रउ गरेको हो । आरोपितविरुद्ध बालयौन दुरुपयोग कसुर शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट बाल निगरानी कक्षमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति समेत लिइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।