भलिबल प्रतियोगिताको उपाधी लापुबेसिको युवा क्लवलाई
भलिबल प्रतियोगिताको उपाधी लापुबेसिको युवा क्लवलाई
महिला तर्फ बारपाक सुलिकोट गाउँपालिकाकोे उल्लाजुङ युवा क्लव पहिलो
गोरखा ः धार्चे गाउँपालिका–५ गु्म्दामा भएको आलु मेला भलिबल प्रतियोगिताको उपाधी लापुबेसिको युवा क्लवले हात पारेको छ ।
बुधबार पुरुष तर्फ लापुबेसि युवा क्लव र धार्चे मनास्लु युवा क्लव विच भएको प्रतियोगितमा धार्चे मनास्लु युवा क्लवलाई हराउदै लापुबेसिको युवा क्लव पहिलो बनेको कार्यक्रम संयोजक मिन बहादुर सुनारले बताए । पहिलो बनेको लापुबेसि युवा क्लवले ७० हजार नगदको साथमा मेडल, ट्रफी, प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै दोस्रो धार्चे मनास्लु युवा क्लव र तेस्रो बनेको अजिरकोट भलिबल टिमले भने क्रमश ४५ हजार र ३० हजार नगदको साथमा मेडल, टूफी, प्रमाणपत्र प्राप्त गरेको उनले बताए । महिला तर्फ बारपाक सुलिकोट गाउँपालिकाकोे उल्लाजुङ युवा क्लव पहिलो बनेको छ । पहिलो बनेका उल्लाजुङ युवा क्लवले २० हजार साथमा मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बाह्र मुले युवा क्लव र तेस्रो बनेका गुम्दाको आयोजक कमिटिले क्रमश १५ हजार र १० हजार नगदको साथमा मेडल, ट्रफी, प्रमाणपत्र र प्राप्त गेको छ । ‘कला सस्कृती खेलकुदमा आफ्नो सान, समाज उत्थानमा हाम्रो अभियान’ भन्ने मुल नाराका मेला गरिएको सुनारले बताए । उत्त प्रतियोगिताको पुरस्कार वितरण भने निवर्तमान गाउँपालिका अध्यक्ष फुलमाया गुरुङ र वडा नम्वर ५ का वडाध्यक्ष भिम प्रसाद गुरुङले गरेका उनले बताए ।