गोरखकाली र गोरखनाथको भेटी ब्यवस्थापनका लागि कार्यविधि बनाउने
गोरखकाली र गोरखनाथको भेटी ब्यवस्थापनका लागि कार्यविधि बनाउने
गोरखा ः गोरखकाली मन्दिर र गुरु गोरखनाथकोको भेटी तथा प्रसाद ब्यवस्थापनका लागि कार्यविधि बनाइने भएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको छलफलले भेटी ब्यवस्थापनका लागि कार्यविधि तयार गरि लागु गर्ने निचोड निकालेको हो । गोरखकाली मन्दिरमा २०६६ साल देखि दुइ वटा दानपेटिका मार्फत भेटि संकलन गरिदै आएको छ । उत्त दानपेटिका बाट हाल सम्म ९ लाख ४० हजार रुपैयाँ संकलन भएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले बताए । उत्त रकम बैकमा मैज्दात रहेको छ । गोरखनाथ मन्दिर क्षेत्रमा भने दान पेटिका राखिएपनि उत्त रकम पुजारीहरुले आफुखुसी प्रयोग गर्दै आएका छन् । मन्दिर क्षेत्रका भेटी ब्यवस्थापन पारदर्शी बनाउने तथा ब्यवस्थापकीय सुधारमा खर्च गर्ने तवरले कार्यविधि बनाउन लागिएको हो ।
त्यस्तै गोरखकाली मन्दिर र गुरु गोरखनाथ क्षेत्र ब्यवस्थापन समिति गठन गर्न गोरखा दरवार हेरचाह अड्डा मार्फत पुरातत्व विभागलाई अनुरोध गरिएको छ । ब्यवस्थापन समिति गठन गर्दा दरवार क्षेत्रको विकासको काम तथा भेटि ब्यवस्थापन लगायतका सुधारात्मक काम गर्न सहज पर्ने अपेक्षा गरिएको छ । त्यस्तै गोरखा नगरपालिका–६ मा गोरखनाथ पार्क निर्माणका लागि गोरखा दरवार हेरचाह अड्डा गोरखा मार्फत पुरातत्व विभागलाई डिजाइर्न लगायतका स्टेमेट तयार गर्न आग्रह गर्ने पनि निर्णय भको छ । पुजा ब्यवस्थापन, पुजारी ब्यवस्थापन लगायतका कार्यलय ब्यवस्थापन सम्वन्धी सुधारको कार्य गोरखा दरवार हेरचाह अड्डा गोरखाबाट समायानुकल गर्दै लैजाने पनि निर्णय गरिएको छ । गोरखकाली र गोरखा पुजाको ब्यवस्थापकीय सुधार लागि सुझाव दिन ७ सदस्यीय उपसमिति पनि गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत चुडानिधि तिवारी संयोजक रहेको समितिको सदस्यहरुमा होम सिं वस्न्यात, नरेन्द्र ढकाल, मोहन लाल श्रेष्ठ, राजेन्द्र कुमार जोशी, शुरेसमान श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ सदस्य रहेका छन् । गोरखा दरवारमा पर्व पुजा लगायतको ब्यवस्थापन खर्च २०६५ साल देखि ७५ प्रतिशत कटौती हुँदा समस्या भएको कार्यक्रममा बताइएको थियो । दरवन्दि पनि पहिलेको तुलनामा घटेको विषयमा छलफल भएको थियो । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।