‘ट्रामाडोल’सहित १ जना पक्राउ
‘ट्रामाडोल’सहित १ जना पक्राउ
गोरखा ः लागु औषध जस्तो देखिने ट्रामाडोल क्याप्सुल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शहिद लखन गाउँपालिका–१ का २३ बर्षिय संजिव आलेलाई वडा नम्वर २ को वक्रेश्वरीमा संस्कास्पद अवस्थामा भेटिएपछि शनिबार प्रहरीले खनतलासी गरेको थियो । उनको साथमा लागु औषध जस्तो देखिने चार पक्ता ट्रामाडोल (४० पिस) फेला पारिएको प्रहरीले जनाएको छ । आलेलाई पक्राउ गरि ४ पक्ता ट्रामाडोल पनि वरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । आइतबार आरोपित विरुद्ध लागू औषध शिर्षकमा मुद्र्धा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको पनि प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।