९ हजार वढी विद्यार्थीको आँखा जाँच
९ हजार वढी विद्यार्थीको आँखा जाँच
गोरखा ः गत आर्थिक वर्ष ९ हजार भन्दा वढी विद्यार्थीको आँखा जाँच गरिएको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न विद्यालयमा भएको आँखा जाच शिविरबाट ९ हजार ३४ जना विद्यार्थीको आँखा जाच गरिएको हो । आँखा जाँच गरिएका मध्ये पाँच सय ५ जनालाई चस्मा वितरण गरिएको केन्द्रका प्रशासकीय अधिकृत बिश्व प्रकाश अर्यालले जानकारी दिए । एक वर्षको अवधिमा जिल्ला भरका ५४ वटा विद्यालयमा आँखा जाँच शिविर संचालन गरिएको थियो । विभिन्न पालिका सँगको समन्वयमा पनि आँखा जाँच शिविर भएका थिए । शहिदलखन गाउँपालिका र भिमसेनथापा गाउँपालिकामा वाह्य तवरमा आँखा जाँच शिविर संचालन गरिएको थियो । सो क्रममा शहिदलखन गाउँपालिकामा ५२ जनाले आँखा जाच गराएका थिए भने भिमसेनथापा गाउँपालिकामा ७८ जनाले आँखा जाच गरिएको उनले बताए ।