तिज गित प्रतियोगीतामा मिनराम गाइने स्मृति प्रतिष्ठान पहिलो
तिज गित प्रतियोगीतामा मिनराम गाइने स्मृति प्रतिष्ठान पहिलो
गोरखा ः लायन्स क्लव अफ गोरखा कालिका द्धारा आयोजित तिज गित प्रतियोगितामा गोरखा नगरपालिका–७ को मनिराम गाईने स्मृति प्रतिष्ठान पहिलो बनेको छ ।
सोमबार गोरखा नगरपालिका–६ रानिपोखरी परिसरमा भएका नगरपालिका स्तरीय तिज गित प्रतियोगितामा प्रतिष्ठान पहिलो बनेको हो । पहिलो हुने टिमले ४० हजार नगद पुरस्कार प्राप्त गरेको लायन्स क्लव अफ गोरखा कालिकाका अध्यक्ष शारदा खत्रीले बताइन् । प्रतियोगितामा वडा नम्वर ९ का लक्ष्मीबजार महिला समुह दोस्रो बन्दै ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै वडा नम्वर ८ का प्रगतिशील महिला समुह तेस्रो बनेको खत्रीले बताइन् । तेस्रो बनेका समुहले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा दुईवटा समुह सान्त्वना भएका छन् । सान्त्वना भएको वडा नम्वर ३ को प्रगतिशील कृषि महिला समुह र चिनारी बहुउद्देश्य सिकाइ केन्द्रले ५÷५ हजार नगद पुरस्कार पाएको छ । प्रतियोगितामा १९ टिमले सहभागीता जनाएका थिए । क्लवका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको प्रतियोगीताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद तथा काग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर लगायतले मन्तब्य राखेका थिए ।