आरुघाट–१० को सामाजिक सुरक्षा भक्ता नविकरण घुम्ती शविर काठमाडौमा
आरुघाट–१० को सामाजिक सुरक्षा भक्ता नविकरण घुम्ती शविर काठमाडौमा
गोरखा ः आरुघाट गाउँपालिका १० को वडा कार्यालयले काठमाडौमा सामाजिक सुरक्षा भक्ता नविकरण घुम्ति शिविर गरेको छ ।
बर्खायाममा मौसम प्रतिकुलका कारण जेष्ठ नागरिकलाई वडा सम्म पुग्न असहज हुने परिस्थितिलाई मध्यनजर गरि काठमाडौ वस्ने वडावासीलाई सहजताका लागि घुम्ती सेवा दिएको वडा अध्यक्ष सन्जित श्रेष्ठले बताए । काठमाडौ स्थित नयाँवजारमा मंगलबार शिविर संचालन गरिएको थियो । शिविरबाट २४ भन्दा वढी लाभग्राहीले नविकरण गराएको उनले बताए । सोहि अवसरमा वडा कार्यालयबाट दिने अन्य सेवा पनि उपलब्ध गराइएको थियो । काठमाडौ वस्ने वडावासीलाई सहज होस भन्ने उदेश्यका साथ घुम्ति शिविर संचालन गरिएको वडाले जनाएको छ ।