बर्षादले ग्रामिण सडकको यात्रा सकस
बर्षादले ग्रामिण सडकको यात्रा सकस
गोरखा ः वर्षादका ग्रामिण सडकको यात्रा सकसपुर्ण बनेको छ । मध्यपहाडीलोकमार्ग अन्तरगत पालुङटार नगरपालिकाको पुतलीखेत स्थित मालेवगरमा पहिरो खस्दा सवारी आउजाउमा समेत समस्या परेको छ ।
उत्त सडक भएर यात्रा गर्ने पैदलयात्री समेत समस्यामा परेका छन् । मालेवगरमा पहिरोले सडक ढोकेको छ । सडक हिलाम्मे वन्दा विद्यार्थी र स्थानीयलाई पैदल आउजाउ सकस थपिएको हो । बर्षादका कारण भिमसेन थापा गाउँपालिका, आरुघाट–माछाखोला लगायतका सडकमा आउजाउ सकसपुर्ण बनेको स्थानीयहरुले बताए । जिल्लाका अधिकाशं ग्रामिण सडकमा पहिरो खस्ने, खाल्डा खुल्डीमा पानी जम्ने लगायतका समस्याले साना तथा ठुला सवारी साधन मुस्कीलले आउजाउ गरिरहेका छन् । मध्यपहाडी, राङरुङ बारपाक, बारपाक–लाप्राक गुम्दा लगायतका सडक स्तरोउन्नतीका लागि ठेक्का लागेपनि समयमै काम नसकिँदा वर्खाका वेला स्थानीयले सास्ती भोग्नुपरेको छ । वर्खाले सडक अवरुद्ध हुँदा उपभोग्य सामाग्री गाउँ पु¥याउन पनि नसकिएको स्थानीयहरुले बताए । स्तरोउन्नतीका लागि ठेक्का लागेको सडकको काममा ढिलाई हुँदा सास्ती भोग्नुपरेको भन्दै स्थानीयले आक्रोस पोखे ।