अन्तराष्ट्रिय वेपक्ता दिवसको अवसरमा दिप प्रज्वलन
अन्तराष्ट्रिय वेपक्ता दिवसको अवसरमा दिप प्रज्वलन
गोरखा ः अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको आयोजनामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । ‘जान्न पाउने अधिकार’ भन्ने नाराका साथ अन्तराष्ट्रिय वेपक्ता दिवसको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद शुसिला सिंखडा, जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, जिल्ला रेडक्रस सोसाटइटीका सभापति भिसमेन काजि वानियाँ लगायतको उपस्थिति रहेको थियो । १० बर्षे शसस्त्र द्धन्द्धको समयमा जिल्लाका २८ जना वेपक्ता छन् ।