जवरजस्ती करणीका आरोपित पुर्पक्षका लागि थुनामा
जवरजस्ती करणीका आरोपित पुर्पक्षका लागि थुनामा
गोरखा ः जवरजस्ती करणीको आरोपमा पक्राउ परेका रौतहट, वृन्दावन नगरपालिका–५ घर भइ मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ वस्ने २१ बर्षिय दिपेन्द्र दासलाई पुर्पक्षका लागि कारागार थुनामा
पठाइएको छ ।
११ बर्षिय बालिकालाई साउन १ गते गोरखा सदरमुकाम ल्याई जवरजस्ती करणी गरेको आरोपमा साउन २१ गते मकवानपुर प्रहरीले पक्राउ गरि गोरखा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाले साउन २२ गते आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि वढाएको थियो । अनुसन्धान पश्चात शुक्रबार जिल्ला अदालत गोरखामा पेश भएका आरोपितलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाएको हो ।