गोरखा अस्पतालको नवनिर्मित लिफ्ट र प्रवेशद्धारको उद्घाटन
गोरखा अस्पतालको नवनिर्मित लिफ्ट र प्रवेशद्धारको उद्घाटन
गोरखा ः गोरखा अस्पतालमा निर्माण भएको प्रवेशद्धार र लिफ्टको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले शुक्रबार एक कार्यक्रमका विच प्रवेशद्धार र लिफ्टको उद्घाटन गरेका हुन् ।
असत्त र असहाय विरामीलाई सहजताका लागि लिफ्ट निर्माण गरिएको गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेट सिद्धार्थ खनालले बताए । प्रदेश सरकारको ५४ लाखको लागतमा लिफ्ट निर्माण भएको हो । त्यस्तै निक साइमन्स इष्टिच्यूटको आर्थिक सहयोगमा प्रवेशद्धार निर्माण भएको छ । प्रवेशद्धार निर्माणका लागि १४ लाख रुपैयाँ खर्च भएको छ । ‘अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न संरचनाहरुको निर्माण भइरहेको छ, सोहि क्रममा लिफ्ट र प्रवेशद्धार निर्माण भएको हो,’ उनले भने । नवनिर्मित संरचनाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला विस्तारका लागि अध्ययन भइरहेको बताए । गोरखा अस्पतालाई युएसजी मेसिन, अल्ट्रासाउण्ड मेसिन, इन्डोस्कोपी मेसिन, फिजियोथेरापीको आवश्यक उपकरण खरिदका लागि वजेट विनियोजन भएको बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेश सभा सदस्य नन्द प्रसाद न्यौपाने, शुसिला सिंखडा, जिल्ला समन्वय समितिकि उपप्रमुख लिला परियार, वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ लगायतले मन्तब्य राखेका थिए ।