विदेशको कमाईले जन्मभुमिमा ‘शुक्रबार भविष्यका लागि’ अभियान
विदेशको कमाईले जन्मभुमिमा ‘शुक्रबार भविष्यका लागि’ अभियान
‘फ्राइडे फर फिचर’ अन्तरगत कपाल काट्ने, दुना, टपरी, डोको, नाम्लो, मुढा वनाउने सिप सिकाईने छ । त्यस्तै १० हजार पिस सेनेटरी प्याड पनि वितरण गरिएको छ ।
गोरखा ः पालुङटार नगरपालिका–६ स्थायी घर भइ हाल अष्टे«लियामा रहेका युवा प्रकाशजंग पन्तको नेतृत्वमा पालुङटार नगर क्षेत्रका विद्यालयमा ‘फ्राइडे फर फिचर’ (शुक्रबार भविष्यका लागि)ं अभियान शुरु भएको छ ।
पहिलो चरणमा नगर क्षेत्रका १० विद्यालयका विद्यार्थीलाई सिप सँग जोड्ने गरि अभियान शुरु गरिएको हो । विमला बिनीस्मा पन्त फाउण्डेसन मार्फत पालुङटार नगरपालिकाका सामुदायीक विद्यालयका विद्यार्थीलाई चार वर्ष देखि शैक्षिक सामाग्री वितरण हुदै आएको थियो । यो बर्ष बाट शैक्षिक सामाग्री वितरणलाई निरन्तरता दिँदै विद्यार्थीलाई सिप सँग जोड्न अभियान शुरु गरिएको पन्तले बताए । फ्राइडे फर फिचर अन्तरगत कपाल काट्ने, दुना, टपरी, डोको, नाम्लो, मुढा वनाउने सिप सिकाई स्वरोजगार उन्मुख बनाउन लागिएको उनको भनाई छ । उत्त कार्यक्रम अन्तरगत पालुङटार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीले कपाल काट्न थालेका छन् । अन्य विद्यालयमा सिपमुलक तालिमका लागि समन्वय भइरहेको पन्तले बताए । ‘जन्मभुमीमा जननीहरुको अभियान’ अन्तरगत सिपमुलक तालिम सँगै छात्रावृत्ती सहित अभिभावकत्व ग्रहण गर्ने, प्राथमिक स्वास्थ्य सामाग्री वितरण र एक वडा एक युवा स्वरोजगार कार्यक्रम पनि संचालन हुने छ । फाउण्डेसनले एक साताको अवधिमा पालुङटार नगर क्षेत्रका विद्यालयमा १० हजार पिस सेनेटरी प्याड तथा केहि विद्यालयमा शैक्षिक सामाग्री पनि वितरण गरेको छ । पालुङटार–७ को बालकल्याण मावि, पालुङटार–६ को रजगरे मावि, पालुङटार–९ को धर्मोदय मावि, पालुङटार–९ कै मदने डाँडा माविमा प्राथमिक उपचारका सामाग्री र प्रत्येक विद्यालयमा ९६० पिस सेनेटरी प्याड वितरण गरिएको पन्तले बताए । मदने डाँँडाका ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको पन्तले बताए । पालुङटार–६ को जनज्योती प्राविका २० जना तथा पालुङटार–४ को सरस्वती प्राविका ७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण साथै प्राथमिक उपचारको सामाग्री प्रदान गरिएको छ । पालुङटार–६ को लक्ष्मि मावि, पालुङटार–५ को भवानी मावि, पालुङटार–१ को विन्धवासीनी प्राविमा प्राथमिक उपचारको सामाग्रीको साथमा प्रत्येक विद्यालयलाई ९६० पिस सेनेटरी प्याड पनि वितरण गरिएको छ । ति विद्यालयमा सिपमुलक तालिमका वारेमा अध्ययन तथा छलफल भइरहेको पन्तले बताए । पालुङटार–६ को नवजागृती युवा क्लवलाई प्राथमिक उपचारको सामाग्रीका साथमा खेलकुद सामाग्री वितरण गरिएको पन्तले बताए । क्लव सँग समन्वय गरि एक वडा एक स्वरोजगार कार्यक्रम पनि शुरु गर्ने तयारी गरिएको छ । ‘चार बर्ष देखि फाउण्डेसनले पालुङटार नगर क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यो बर्षबाट रोजगारका कार्यक्रमलाई पनि समेटिएको हो । विद्यार्थी, युवाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिपमुलक कार्यक्रममा जोड गरिएको पन्तले बताए । उत्त अभियानमा पालुङटार नगरपालिका क्षेत्रका एक दर्जन युवा जोडिएका छन् । पन्त अध्यक्ष रहेको फाउण्डेसनको नेपाल प्रमुखमा सुमन कट्टेल, कार्यक्रम संयोजकमा सुदिप पन्त, टिम संयोजकमा विवस जोशी, टिम लिडरमा अनिल थपलिया, राजु जिसी, सदस्यहरुमा प्रकशथापा मगर, अनिल खत्री, प्रताप मल्ल, सञ्जय राना, मनोज नेपाली, लक्ष्मण गिरी, भुवन सेडाई, कृष्ण थापा मगर, सरोज चुदारा, अनिस दर्जी, दिनेश यात्री, अनिश त्रिपाठी रहेका छन् ।