बाल अधिकार सम्वन्धि सचेतना
बाल अधिकार सम्वन्धि सचेतना
गोरखा ः अजिरकोट गाउपालिका–४ झ्याँवाको हिमालय माविमा बाल अधिकार सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार संजालको आयोजनामा भएको कार्यक्रममा नेपालको संविधान र बालअधिकार सम्वन्धी विषयमा संजालका संयोजक यदु अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष जंगवहादुर गुरुङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यम बहादुर राना, प्रध्यानाध्यापक कालिका अधिकारी, नारायण लम्साल, अर्तीनाथ दवाडी लगायतले मन्तब्य राखेका थिए ।