ट्रामाडोल सहित एक जना पक्राउ
ट्रामाडोल सहित एक जना पक्राउ
गोरखा ः नियन्त्रित औषधि सहित १ जना युवा पक्राउ परेका छन् ।
शनिबार दिउसो गोरखा नगरपालिका–६ जिविसचोकबाट ३० पक्ता ट्रामाडोल सहित एक युवालाई प्रहरीले पक्राउ गरेको हो । धार्चे गाउँपालिका–७ का १९ बर्षिय रुपेश घलेलाई संस्कास्पद अवस्थामा भेटेपछि शरीर खनतलासी गर्दा लागु औषध जस्तै देखिने ३० पत्ता २९७ क्याप्सुल) ट्रामाडोल फेला परेको थियो । आरोपित घेललाई पक्राउ गरि आइतबार लागु औषध(नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमती लिएको पनि प्रहरीले जनाएको छ ।