डेंगी रोकथामका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान
डेंगी रोकथामका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान
गोरखा ः डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि सिरानचोक गाउँपाकिलामा खोज र नष्ट गर अभियान संचालन गरिएको छ ।
वहुनिकाय अन्तरक्रिया ता खोजर नष्ट गर अभियान संचालन गरिएको हो । डेंगी संक्रमणको जोखिम वढेपछि गाउँपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । वडा नम्वर ३ बाट अभियान संचालन गरिएको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ । यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली डूम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।