दुल्लभको शिक्षक सरुवा विवाद समाधान
दुल्लभको शिक्षक सरुवा विवाद समाधान
गोरखा ः भिमसेन थापा गाउँपालिका–१ को दुल्लभ माविका शिक्षक राजु बावु नेपालीलाई सरुवा गरिएको भन्दै अभिभावकले विरोध जनाएपछिको विवाद समाधान भएको छ ।
दुल्लभ माविको शिक्षक सरुवा तथा शैक्षिक सरोकारको विषयमा मंगलबार भएको सर्वपक्षिय वैठकले विभिन्न निर्णय गरेको हो । तत्कालका लागि दुल्लभ माविका विज्ञान शिक्षक नेपालीलाई सरुवा भएको विद्यालय सिद्धकाली माविमा हाजिर हुन पठाउने तथा पुन दरवन्दी मिलान गरि साविकको विद्यालयमा सरुवाका लागि विधि सम्वत प्रक्रिया थाल्ने निर्णय भएको छ । ‘उहाँलाई सरुवा भएको विद्यालयमा हाजिर हुन पठाउने तथा विद्यालयको आवश्यकता तथा अभिभावको मागलाई ध्यानमा राखी यथाशिघ्र दरवन्दी मिलान गरी साविककै विद्यालयमा सरुवाका लागि दुल्लभ माविको विद्यालय ब्यवस्थापन समितिले विधि सम्मत÷विषगत सन्तुलन मिलाई वैकल्पिक शिक्षक सरुवा गर्ने गरि दरवन्दी मिलान सम्वन्धी निर्णय गरी शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्ने,’ निर्णयमा भनिएको छ,‘उत्त प्रस्ताव माथि सामािजक विकास समितिको निर्णय÷सिफारिस सहित आगामी कार्यपालिका वैठकमा पेश गरे अनुरुप कार्यपालिकाबाट निर्णय गरी यथाशिग्र सट्टा शिक्षक सिद्धकालि माविमा पदस्थापना गरि राजु बाबु नेपालीलाई साविककै विद्यालयमा सरुवा गरि ल्याउन आवश्यक प्रक्रिया अघि वढाउने ।’ शिक्षक नेपालीको सरुवा गरिएको विरोधमा अभिभावले आइतबार भिमसेन थापा गाउँपालिकामा तालावन्दी गरेका थिए । छलफल सँगै तालापनि खुलेको छ । त्यस्तै सर्वपक्षिय वैठकले शिक्षा क्षेत्रमा ब्यापक सुधार गर्ने गरी शिक्षक ब्यवस्थापनको आवधारणाको विषयमा आवश्यक कार्यविधि र मापदण्ड बनाई लागु गर्ने निर्णय भएको छ । त्यस्तै प्रध्यानाध्यापक ब्यवस्थापन सहितको मेगा स्कुल र स्कुलको विशिष्टिकरण गर्ने गरी वडामा मावि स्कुल कायम गरी कार्ययोजना र प्रस्ताव तयार पार्न गाउँ र वडा शिक्षा समितिले पहल बढाउने, खुला विज्ञापन गरेर प्रध्यानाध्यापक ब्यवस्थापन गर्ने, सिनियरलाई बनाउने, कष्निटलाई तथा दलित महिला, जनजातिलाई प्राथमिकता दिई प्रध्यानाध्यापक बनाउन सहयोग गर्ने पनि निर्णय भएको छ । विद्यालय सुधार गुरुयोजना तयार गर्दै गाउँ र वडा शिक्षा समितिलाई सक्रिय र कामकाजी बनाउने,अभिभावक शिक्षा सचेतना जगाउने खालका कार्यक्रम गर्दै वुक फ्रि फ्राइडे लागु गर्ने, औपचारीक÷अनौपचारीक ब्यवसायीक शिक्षालाई जोड दिने पनि निर्णय भएको छ । त्यस्तै भिमसेन थापाको सेरोफेरो स्थानीय पाठ्यक्रम(१–८) निर्माण गरि यथासिग्र कार्यन्वयन गर्ने, प्रध्यानाध्यापक, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा शाखा, सामाजिक विकास समिति तथा गाउँ कार्यपालिका विच समन्वय, सहकार्य र सह–अस्तित्वको वातावरण बनाउन पहल गर्ने पनि निर्णय भएको छ ।