अवान्छित गतिविधि प्रति सजक रहन आग्रह
अवान्छित गतिविधि प्रति सजक रहन आग्रह
सुनसान स्थानमा वहुमुल्य गरगहना तथा नगद पैसा वोकी एक्लै नहिड्न पनि सचेत गराइएको छ ।
गोरखा ः नजिकिँदै गरेको तीज पर्वमा हुनसक्ने अवान्छित गतिविधि प्रति सजक रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
सोमबार एक सुचना प्रकाशित गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले कोहि कसैले अनावश्यक, अवान्छित हुने गरी तिजको कार्यक्रम आयोजना गरे गराएमा त्यस्ता गतिविविधिहरुको निगरानी गरी कानुन वमोजिम आवश्यक कारवाही हुने पनी चेतावनी दिइएको छ । त्यस्तै यात्रा गर्दा सिट क्षमता भन्दा वढी सवारी यात्रु वोकेको सवारी साधनमा यात्रा नगर्न, अपरिचित ब्यात्तिले दिएको कुनैपनि खानेकुरा वा पेयपदार्थ नलिन, नखान र टिकट अनिवार्य रुपमा लिन पनि अनुरोध गरिएको छ । यात्रा गर्दा आफ्नो सरसामान र आफ्ना बालवालिकाको सुरक्षामा विशेष ध्यान दिन तथा भिडभाडमा बालवालिका अलपत्र परी हराउन सक्ने भएकाले विशेष सचेत रहन, आफैले सवारी साधन चलाई यात्रा गर्दा ओभरस्पिड नगर्न, बाटोमा पैदलयात्रुको बारेमा विशेष सजग रहन, बाटोको अवस्थाको बारेमा सचेत रहन तथा मादक पदार्थ सेवन गरी र तनावमा सवारी सधान नचलाउन पनि आग्रह गरिएको छ । मादपक पदार्थ सेवनले रिस आवेग वढाउने र यसैद्धारा विभिन्न किसिमको अपराधहरु घट्ने हुँदा सेवनमा सचेत रहन, महिला तथा बालवालिकाहरुले आफ्नो ब्यात्तिगत सुरक्षाको वारेमा विशेष ध्यान दिन, सुनसान स्थानमा वहुमुल्य गरगहना तथा नगद पैसा वोकी एक्लै नहिड्न पनि सचेत गराइएको छ । डेङ्गु रोगको संक्रमण फैलिएकाले स्वास्थ्य सतर्कता अपनाएर चाडपर्व मनाउन, आफुनो परम्परा एव सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण सम्वद्र्धन गर्न वाहेक अन्य कुनै पनि खालका तिजँग सम्वन्धित खर्चिला एवम भड्किलो कार्यक्रम संचालन नगर्न पनि आग्रह गरिएको छ । सामाजिक ब्यवहार (सुधार) ऐन २०३३ र सामाजिक ब्यवहार (सुधार) नियमावली २०३३ अनुरुप हुने गरि आफनो परम्परा एवम सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वद्र्धन गर्न, कोहि कसैले अनावश्यक, अवान्छित हुने गरी तिजको कार्यक्रम आयोजना गरे गराएमा त्यस्ता गतविविधिहरुको निगरानी गरी कानुन वमोजिम आवश्यक कारवाही हुने पनि चेतावनी दिइएको छ । आफ्नो घर छोड्दा झ्यालढोका, कम्पाउण्ड गेट राम्रो सँग वन्द गर्न, धारा, पानी, विजुली तथा भान्साकोठामा ग्याँस चुलो सुरक्षित साथ वज्द गर्न, नगद पैसा तथा वहुमुल्य चिजवस्तुहरु घर भित्र नराख्न पनि सचेत गराइएको छ ।