एक सय ४० विद्यार्थीलाई चस्मा वितरण गरिदैँ
एक सय ४० विद्यार्थीलाई चस्मा वितरण गरिदैँ
गोरखा ः भिमसेन थापा गाउँपालिका भित्रका २८ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।
गत आर्थिक वर्ष गाउँपालिकाको आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा विद्यालयहरुमा आँखा जाँच शिविर भएको थियो । आँखा जाँचको क्रममा चिकित्सकले सिफारिस गरे अनुरुप पहिलो चरणमा २८ जन विद्यार्थीलाई चस्मा वितरण गरिएको हो । आँखा जाच कार्यक्रम अन्तरगत गत वर्ष १३ वटा विद्यालयहरुमा आँखा जाच शिविर भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए । १३ वटा विद्यालयमा आँखा जाच शिविर गर्दा एक सय ४० जना विद्यार्थीहरुमा चस्मा लगाउनु पर्ने देखिएको उनले बताए । गत वर्षको एक लाख बजेटले चस्मा खरिद गरि वितरण भएको उनले बताए । ‘हाल २८ वटा चस्मा बनेर आएको थियो, ३ वटा विद्यालयको २८ जना विद्यार्थीहरुलाई मंगलबार चस्मा वितरण ग¥यौँ,’ उनले भने,‘बाकि रहेको विद्यार्थीहरुको लागि चस्मा बन्दै छ, बाकि रहेको विद्यार्थीहरुलाई पनि छिट्टै वितरण हुन्छ ।’ गत आर्थिक बर्ष ५ वटा वडामा रहेको १३ वटा विद्यालयमा आँखा जाच शिविर सन्चालन भएको थियो । बाकि रहेको २,३ र ४ नम्वर वडामा भने चालु आर्थिक वर्ष शिविर सन्चालन गरिने उनले बताए ।