विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो
गोरखा ः द्रब्यशाह बहुमुखी क्याम्पसको आयोजनामा भएको गोरखा नगरपालिका भित्र रहेका मावि विद्यालय स्रीय तिज नृत्य प्र्रतियोगितामा द ओल्ड क्यापिटल मावि पहिलो बनेको छ ।
पहिलो बनेका ओल्ड क्यापिटल माविले ५ हजार एक सय नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेको क्याम्पसका प्रध्यापक कृष्ण पराजुलीले जानकारी दिए । प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार दोस्रो बनेको छ । दोस्रो बनेको महालक्ष्मी माविले ४ हजार एक सय नगदका साथमा प्रमाणपत्र प्राप्त गरेको उनले बताए । त्यस्तै प्रतियोगितामा मोडन सेकन्डरी स्कुल तेस्रो बनेको छ भने शक्ति मावि र रत्नलक्ष्मी मावि सान्त्वना बनेका छन् । तेस्रो र सान्त्वना बनेका विद्यालयले क्रमश ३ हजार एक सय र १ हजार पाँच सय नगदको साथमा प्रमाणपत्र प्राप्त गरेको उनले बताए । प्रतियोगितामा नगर क्षेत्रका १८ वटा मावि विद्यालयहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर, क्याम्पस प्रमुख एकदेव अधिकारी, स्ववियू सभापति सौनक धिमिरे, कर्मचारी संघका अध्यक्ष सुजन कुँवर, प्रध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।