प्रदेश स्तरीय आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीता हुने
प्रदेश स्तरीय आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीता हुने
गोरखा ः प्रदेश स्तरीय आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीता हुने भएको छ ।
गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा प्रतियोगीता हुन लागेको हो । आगामी असोज ६ र ७ गते हुने प्रतियोगीतामा गण्डकी प्रदेश भरीका ७ वटा आंगिक क्याम्पसका खेलाडीले सहभागीता जनाउने छन् । वुधबार पत्रकार सम्मेलन गरि गोरखा क्याम्पसको स्ववियु खेलकुद उपसमितिले प्रतियोगीतावारे जानकारी गराएको हो । पृथ्वी नारायण वहुमुखी क्याम्पस पोखरा, धौलागिरी वहुमुखी क्याम्पस वाग्लुङ, गोरखा क्याम्पस गोरखा, लमजुङ क्याम्पस सुन्दरवजार,पश्चिमाञ्चल क्याम्पस पोखरा, नर्सिङ क्याम्पस पोखरा, पोखरा क्याम्पस(वन)ले सहभागीता जनाउने बताइएको छ । प्रतियोगीतामा पहिलो वन्ने टिमले ५५ हजार पाँच सय ५५ र दोस्रो वन्ने टिमले ३३ हजार तिन सय ३३ रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार पाउने स्ववियुका उपसचिव तथा खेलकुद उपसमितिका संयोजक रचन परियारले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार र विधागत तर्फ ब्लकर, स्पकाइकर, डिफेन्डर, सर्भर र सेटरलाई १५÷१५ सय नगद पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगिता संचालनका लागि ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता गोरखा क्याम्पस गोरखामा हुने छ ।