१६ करोडको लागतमा चुमखोला र बुट्टार जोड्ने बेलिब्रिज निर्माण
१६ करोडको लागतमा चुमखोला र बुट्टार जोड्ने बेलिब्रिज निर्माण
गोरखा ः सुपर त्रिशुली जलविद्युत आयोजनाले त्रिशुली नदिमाथि बेलिब्रिज निर्माण गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गण्डकी गाउँपालिका–१ वुट्टार जोड्ने गरि ब्ललु इनर्जी प्रालीले बेलिब्रिज निर्माण गरेको हो । नवनिर्मित बेलिब्रिजको बुधबार गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीना र इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान वहादुर गुरुङले उद्घाटन गरे । ब्लु इनर्जी कम्पनीले सडक विभाग सँगको समन्वयमा बेलिब्रिज निर्माण गरेको हो । बेलिब्रिज निर्माणका लािग १६ करोड १४ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । बेलिब्रिजको लम्वाई १ सय १६ मिटरको रहेको छ । चौडा ४.२ मिटरको रहेको छ । एक पटकमा २० टन भारवहन क्षमता रहेको र एक पटकमा एउटा मात्र सवारी आवातजावात गर्नुपर्ने पनि जनाइएको छ । चार महिना अघिबाट ब्लू इनर्जी कम्पनीले बेलिब्रिज निर्माण थालेको थियो । बेलिब्रिजको फाउण्डेसनको अध्ययन तथा निर्माण कार्यमा नदि वगिरहेकाले केहि समय लागेपनि बेलिब्रिजका सामान जडान गर्ने कार्य ९ दिनमै सम्पन्न भएको थियो । प्राविधिकले भारबहन क्षमताको परिक्षण पश्चात आवात जावात खुल्ला भइसकेको छ । उत्त बेलिब्रीज भएर काठमाडौबाट गोरखा सदरमुकाम पुग्न छोटो दुरी पर्ने जनाइएको छ । मकैसिङ, पातिस्वाँरा, नाम्जुङ, आहाले हुदै गोरखा वजार पुग्दा करिव ५ किलोमिटर दुरी छोटो पर्ने छ । बेलिब्रिज निर्माण सँगै गण्डकी गाउँपाकिलाको ताङलीचोक, मकैसिङ, र भुम्लीचोकका वासिन्दालाई कृषि उपज डोकोमा वोकेर झोलुङ्गे पुल मार्फत पृथ्वीराजमार्ग सम्म पुग्नुपर्ने वाध्यता पनि हटेको छ । अव सवारी साधन मार्फत कृषि उपज तथा विभिन्न सामाग्री ढुवानी गर्न सकिने छ । त्यस्तै ब्लू इनर्जी कम्पनीले एक सय मेघावाटको सुपर त्रिशुली जलविद्युत आयोजना पनि निर्माण गर्दै छ । जलविद्युत कम्पनीको सामाग्री गोरखा तर्फ पु¥याउन पनि पुल निर्माणले सहज वन्ने छ । वुधबार भएको पुल उद्घाटन कार्यक्रममा पुर्व सांसद हरिराज अधिकारी, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीना, उपाध्यक्ष ललिता अधिकारी, चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान वहादुर गुरुङ, सुपर त्रिशुली हाइड्रोपावरका परामर्शदाता सलिल देवकोटा, ब्लू इनर्जी लिमिटेडका निर्देशक निरजन कुमार रेग्मी लगायतले मन्तब्य राखेका थिए । वुट्टार जोडन २०७१सालमा पक्की पुल निर्माण शुरु भएपनि अलपत्र अवस्थामा छ । स्थानीयको सहजता तथा हाइड्रोपावरको सामाग्री ढुवानीका लागि बेलिब्रिज निर्माण भएको हो ।