मोतियाविन्दु शल्यक्रिया शिविरबाट २१ जना लाभान्वित
मोतियाविन्दु शल्यक्रिया शिविरबाट २१ जना लाभान्वित
गोरखा ः गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट २१ जना लाभान्वित भएका छन् । भदौ १९,२० र २१ गते मोतियाबिन्दुको शल्यक्रिया शिविर संचालन भएको थियो ।
शिविरमा गोरखा नगरपालीका, पालुङ्गटार नगरपालिका, गण्डकी, सिरानचोक, शहिदलखन, बारपाक सुलीकोट, धार्चे गाउपालिका बाट आएका बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया भएको थियो । गोरखा नगरपालिकाको ११ जना र अन्य नगरपालिका तथा गाउपालिकाबाट १० जना लाभान्वित भएका हुन । महिला १२ तथा पुरुष ९ जनाको सफल शल्यक्रिया भएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्वप्रकाश अर्यालले जानकारी दिए । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखाजाँच कार्यक्रमहरु संचालन गर्दै हाएको छ । सो जाँचको क्रममा मोतियाबिन्दुको समस्या भएका बिरामीहरुलाई गोरखा लायन्स आँखा सेवाकेन्द्रमा पठाउने गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिद्यालयमा, समुदायमा आँखा जाँच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको छ । सेतो पुतलीको कारणबाट हुने शापु रोगले आँखामा संक्रमण गराउने भएकाले सचेत रहन पनि आग्रह गरिएको छ ।