कक्षा १२ को ग्रेडवृद्धि परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण
कक्षा १२ को ग्रेडवृद्धि परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण
गोरखा ः भदौ २५ र २६ गते हुने कक्षा १२ को ग्रेडवृद्धि(पुरक) परिक्षाका लािग परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
ग्रेडवृद्धि परिक्षाका लागि ५ वटा केन्द्र तोकिएको हो । राष्ट्रिय परिक्षा वोर्ड, प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय, गण्डकी प्रदेश अन्तरगत हुने परिक्षामा सरस्वती मावि आहालेमा ९ विद्यालयका दुइ सय ६९ परिक्षार्थी सहभागी वन्ने छन् । महेन्द्र ज्योति मावि दरवारमार्गमा १७ विद्यालयका दुइ सय ५० जना,शक्ति माविमा पाटेचौरमा ११ विद्यालयका दुइ सय ५५, महालक्ष्मी मावि लक्ष्मिवजारमा १८ विद्यालयका दुइ सय २३ र भवानी मावि ठाँटीपोखरीमा १४ विद्यालयका एक सय ५३ जना परिक्षार्थी परिक्षामा सहभागी वन्ने छन् । परिक्षामा ७० विद्यालयका ११ सय ५० जना परिक्षार्थी सहभागी वन्ने छन् ।