गण्डकी गाउँपालिकामा एकिकृत घुम्ती शिविर
गण्डकी गाउँपालिकामा एकिकृत घुम्ती शिविर
गोरखा ः गण्डकी गाउँपालिकाले एकिकृत घुम्ती शविरि संचालन थालेको छ ।
सोमबार गण्डकी–६ को वालकी मावि तथा हिक्लुङमा शिविर भएको थियो । ‘घरमै वसि तिरौ कर समृद्ध गण्डकी हाम्रै भर’ भने नाराका साथ विभिन्न शाखाको सेवा टोल÷टोलबाट उपलब्ध गराइएको छ । सोमबारबाट शुरु भएको शिविर असोज ९ गते सम्म चल्ने छ । शिविरको राजस्व शाखामा भुमि तथा मालपोत कर, ब्यवसाय दर्ता, नविकरण तथा वन्द गर्ने, घर जग्गा अभिलेखीकरणको सेवा उपलब्ध गराइने छ । कृषि शाखा अन्तरगत बालि उपचार तथा माटो परिक्षण तथा सल्लाह उपलब्ध गराइने छ । पशु शाखा अन्तरगत पशु उपचार तथा सल्लाह सुझाव प्रदान गर्ने, अमिन शाखा अन्तरगत जग्गा वर्गिकरण छुट, नमिलेको वर्गिकरण मिलान नाम दर्ता, जग्गा साँध सिमाना एकिन सेवा उपलब्ध गराइने छ । त्यस्तै सामाजिक सुरक्षा शाखा अन्तरगत ब्यात्तिगत घटना दर्ता, नागरिकता नवनेका, विवाह दर्ता नभएका तथा जन्मदर्ता नभएकाहरुलाई आवश्यक प्रक्रियाको वारेमा जानकारी, सामाजिक सुरक्षा भक्ता पाउनबाट वञ्चि रहेकाहरुको नाम दर्ता, स्वास्थ्य शाखा अन्तरगत स्वास्थ्य जाँच उपचार तथा सुझाव प्रदान, दिर्घरोगीहरुको छुटको विवरण तयार लगायतका सेवा प्रदान गरिने छ । गाउँपालिकाको आठ वटै वडामा शिविर संचालनका लागि मिति पनि तय गरिएको छ ।