विपी कोइरालाको जन्मजयन्तीको अवसरमा फलफुल वितरण
विपी कोइरालाको जन्मजयन्तीको अवसरमा फलफुल वितरण
गोरखा ः विपी कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस गोरखाले गोरखा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
सोमबार गोरखा अस्पतालमा भर्ना भइ उपचारत ४४ जना विरामीहरुलाई फुलफुल वितरण गरिएको नेपाली कांग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिए । पार्टीका उपसभापति धिरन थापाको सभापतित्वमा भएको कार्यक्रममा गोरखा अस्पतालका मेडिकल सुपरिन्डेट सिद्धार्थ खनाल, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति एवं पदाधिकारी, गाउँ नगरका सभापति एवं पदाधिकारी, भातृ संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।