मनकामना केबुलकारको डिजिटल स्तरोन्नति, असोज १ देखि सुचारु हुने

मनकामना केबुलकारको डिजिटल स्तरोन्नति, असोज १ देखि सुचारु हुने


बुधबार, भदौ २६, २०८१


मनकामना केबुलकारको डिजिटल स्तरोन्नति, असोज १ देखि  सुचारु हुने

मनकामना केबलकार अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति गरिएको छ ।

देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको ओ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो । प्रालिले दुई महिना लगाएर केबलकारको स्तरोन्नति गरेको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरूप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउँछन् । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म केवलकार सञ्चालन गर्दैै आइरहेको छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सुचारु हुनेछ । मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा नेपाल सरकारबाट पटकपटक सम्मानित पनि भएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda