ॐबचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न
ॐबचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न
गोरखा ः गोरखा नगरपालिका–४ को ॐबचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार भएको साधारणसभामा सचिव नानीकाजि खत्रीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार थापा मगरले आर्थिक वर्ष २०८०÷८१ को आय व्याय विवरण तथा आगामी वर्षको अनुमानीत वजेट प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष लाल प्रसाद भट्टराई, वडा सदस्य जमिल मिया, समाजसेवी माधव थापा मगर, अब्दुल करिम मिया लगायतले मन्तब्य राखेका थिए । सहकारीमा ६ सय ९२ सदस्य छन् । गोनपा ४, ६, ७ ८ र १० नम्वर वडा संस्थाको कार्यक्षेत्र रहेको छ ।