गोरखा यातायात ब्यवसायी सहकारी संस्थाको साधारणसभा
गोरखा यातायात ब्यवसायी सहकारी संस्थाको साधारणसभा
गोरखा ः गोरखा यातायात व्यवसायी सहकारी संस्था लि गोरखाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार भएको सधारण सभामा संस्थाका सचिव एकराज उपाध्यायले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानकाजी श्रेष्ठले आर्थिक वर्ष २०८०÷८१ को आय व्याय विवरण प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष गणेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा यातायात व्यवसायी सहकारी संस्था लि.का संस्थापक अध्यक्ष नारायण खत्री, शेयर धनी दीपक बोहोरा र अन्जन खत्रीले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले आर्थिक वर्ष २०८१÷०८२ का लागि लेखा परीक्षक नियुक्ति तथा भावी कार्ययोजनाहरु पास गरेको छ । कार्यक्रमका वक्ताहरुले ब्यवसायीक सहकारीको रुपमा आवद्ध शेयर धनीहरु विचमा वचत गर्ने बानीको विकास गर्न आग्रह गरेका थिए ।