दुइ महिनामा एक हजार ८ सय ४६ सवारी कारवाही
दुइ महिनामा एक हजार ८ सय ४६ सवारी कारवाही
गोरखा ः चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र एक हजार ८ सय ४६ सवारी कारवाहीमा परेका छन् । २ महिनाको अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने मात्र एक सय ३१ जना सवारी चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई जरिवाना गरि ट्राफिक प्रहरीले १७ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुबाट ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुइ महिनामा सवैभन्दा वढी मोटरसाइकल चालक कारवाहीमा परेका छन् । ९ सय ७६ जना मोटरसाइकल÷स्कुटर चालक कारवाहीमा परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मोटरसाइकल÷स्कुटरबाट मात्र ९ लाख ९२ हजार ५ सय राजश्ब संकलन भएको छ । त्यस्तै ट्रक÷टिपर १ सय ७८ वटा कारवाही गरी जरिवाना स्वरुप १ लाख ५१ हजार राजस्व संकलन भएको छ । कार÷जिप ४ सय ४ वटा बाट ३ लाख ३४ हजार ५ सय, ट्याक्टर १ सय १० वटा कारवाही हुँदा ८९ हजार ५ सय, बस १ सय ७७ वटा कारवाही हुँदा एक लाख ३८ हजार र अन्य एक वटा एक हजार राजश्व संकलन भएको छ । लाइसेन्स÷बिलवुक नवोक्ने, ओभर लोड, क्षमता भन्दा वढी यात्रु राख्ने सवारीलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै चालु आर्थिक बर्षको २ महिनाको अवधिमा एक सय ३१ जना मापसे गरेर सवारी चलाउने चालकलाई कारवाही गरिएको पनि टूाफिक प्रहरीले जनाएको छ । मापसे गरेर सवारी चलाउनेमा पनि मोटरसाइकल चालक धेरै छन । मोटसाइकल चालक १ सय १० जना, कार÷जिप चालक १७ जना, टूक÷ट्याक्टर चालक २ जना, बस चालक २ जना कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।