दरौदी दैनिक पत्रिकाको बार्षिक उत्सवको अवसरमा अन्तरक्रिया
दरौदी दैनिक पत्रिकाको बार्षिक उत्सवको अवसरमा अन्तरक्रिया
गोरखा ः दरौदी दैनिक पत्रिकाले २७ औँ बार्षिक उत्सव मनाएको छ ।
बार्षिक उत्सवको अवसरमा पत्रकारीताको बर्तमान अवस्था विषयमा अन्तरक्रीया कार्यक्रम पनि भएको थियो । कार्यक्रमका सहभागीले पत्रकारीताको वर्तमान अवस्था, चुनौती लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए । दरौदी प्रकाशन समुहका अध्यक्ष किशोर जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना, नेकपा एमालेका सचिव काजिराम रोका, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।