चिकित्सक कुटपिटको विरोधमा मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाह वन्द

चिकित्सक कुटपिटको विरोधमा मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाह वन्द


बुधबार, अशोज २, २०८१


चिकित्सक कुटपिटको विरोधमा मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाह वन्द

गोरखा ः गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले सेवा प्रवाह वन्द गरेका छन् ।

सोमबार गण्डकी–२ को ताङलीचोक स्वास्थ्य चौकिमा स्वास्थ्य उपचार गराउन गएका कुशवाहलाई कुटपिट भएको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले निकालेको विज्ञेप्तीमा उल्लेख छ । ‘गाउँपालिकाद्धारा संचालित घर घरमा डाक्टर कार्यक्रम अन्तरगत ताङलीचोक स्वास्थ्य चौकीमा सेवा दिने क्रममा कार्यलयमा कार्यरत मेडिकल अधिकृत तथा इन्चार्ज माथि ज्यान लिने गरि हमला तथा कुटपिट भएकोमा विरोध गर्दछौ,’ विज्ञेप्तीमा भनिएको छ,‘ड्युटिको वेला जनतालाई सेवा दिने उदेश्य राखी आफ्नो स्वास्थ्य संस्था समेत छाडेर घर दैलो सम्म सेवा दिँदा पनि जनताले यसरी नै आक्रमण हुँदा यस स्वास्थ्य संस्थाका कर्मचारी असुरक्षित महसुस गरेका छौँ, हामी पनि सेवा दिन घर दैलो सम्म पुग्दा यसरी नै ज्यानको जोखिम होला र विना गल्ती ज्यान गुमाउनु पर्ला कि भन्ने त्रास उब्जीएको छ ।’ डर र त्रासको बातावरणमा काम गर्न निरुत्साहित तथा असमर्थ रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले निकालेको विज्ञेप्तीमा उल्लेख छ । बातावरण सहज नभएसम्म र ज्यानको सुरक्षाको प्रत्याभुति नहुन्जेल सम्मका लागि स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने बीमा रेफर तथा अन्य सेवाहरु ठप्प गरिएको विज्ञेप्तीमा उल्लेख छ । वडा नम्वर दुइका पुर्व वडा अध्यक्ष देउ वहादुर गुरुङ नेतृत्वमा आएको समुहले आफुमाथि दुब्र्यवहार र कुटपिट गरेको कुशवाहले बताए । ‘ वाहिर टिकटको विषयमा वाहिर विवाद भइरहेको रहेछ, विरामी जाँच्दै थिए, डिस्टप भएपछि वाहिर निक्लीएँ, कुराकानी हुँदै गर्दा विवाद वढ्यो,’ कुशवाहले भने,‘काम गर्ने वातावरण नभएपछि फर्कनै लाग्दा म माथि कुटपिट भयो ।’ पुर्व वडा अध्यक्ष गुरुङले भने पहिले स्वास्थ्यकर्मीबाटै हातपात भएको दावी गरे । ‘शिविर भनेर मान्छे झुक्कीए भनेर कुरा राख्दै थिए, डक्टर साप भित्रबाट वाहिर आएर डिस्टप भयो भन्न थाल्ने भयो, त्यसै विषयमा विवाद वढ्यो, हात पनि पहिले उहाँले छाड्नुभएको हो,’ उनले भने । गाउँपालिकाले भने विवाद समाधानको प्रयास भइरहेको जनाएको छ । सोमबार पनि ताङलीचोक स्वास्थ्य चौकिमा नै एक चरण छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए । पुन छलफल गरि विवाद समाधान गरिने उनले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda