संविधान दिवस विविध कार्यक्रम गरि मनाइयो
संविधान दिवस विविध कार्यक्रम गरि मनाइयो
गोरखा ः संविधान दिवसको अवसरमा विहिबार रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखा र सन नेपाल लाइफ इन्स्योरेन्सको संयुत्त आयोजना रक्तदान कार्यक्रम भएको हो ।
रक्त संन्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५ जना महिला र १४ जना पुरुष गरि १९ जनालेद रक्तदान गरेका छन् । संकलित १९ पिन्ट रगत रक्त संञ्चार केन्द्र गोरखालाई हस्तान्तरण गरिएको छ । त्यस्तै गोरखा नगरपालिका–११ स्थित १२ किलोमा लियो क्लव अफ गोरखा तारानगरले संविधान दिवसको अवसरमा दिप प्रज्वलनल कार्यक्रम गरेको छ । लियो क्लव अफ गोरखा तारानगरको आयोजना र लायन्स क्लब अफ गोरखा तारानगरको सयोजनमा कार्यक्रम सम्पन्न गरिएको लियो क्लव अफ गोरखा तारानगरकी अध्यक्ष अन्जना भुजेलले बताइन् । संविधान दिवसको अवसरमा विहिबार प्रभातफेरी पनि भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट हरमटारी, वसपार्क, पाटेचौर, हस्पीटलचोक हुदै हरमटारी सम्म प्रभातफेरी भएको थियो । त्यस्तै संविधान दिवस जिल्लाका ११ वटै पालिकाले विविध कार्यक्रम गरि मनाएका छन् । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश छन् । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ ।