आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीताको पहिलो दिन २ खेल सम्पन्न
आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीताको पहिलो दिन २ खेल सम्पन्न
गोरखा ः प्रदेश स्तरीय आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीताको पहिलो दिन आइतबार दुइ खेल सम्पन्न भएको छ । गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा प्रतियोगीता शुरु भएको हो ।
आइतबार धौलागिरी वहुमुखी क्याम्पस वाग्लुङ र लमजुङ क्याम्पस सुन्दरवजार विच भएको खेलमा धौलागिरी वहुमुखी क्याम्पस वाग्लुङ लगतार २ कोटको जित हासिल गर्दै विजय बनेको छ । धौलागिरी वहुमुखी क्याम्पस वाग्लुङले ३ अंक जोडन सफल भएको आयोजकले जनाएका छ । त्यस्तै पृथ्वी नारायण वहुमुखी क्याम्पस पोखरा र गोरखा क्याम्पस गोरखा विच भएको खेलमा २–१ कोटको अन्तरले पृथ्वी नारायण वहुमुखी क्याम्पस पोखरा विजय बनेको छ । पृथ्वी नारायण वहुमुखी क्याम्पस पोखराले पनि ३ अंक जोडन सफल भएको छ । प्रतियोगिता लिग चरणमा खेलाइएको छ । प्रतियोगितामा ४ टिम सहभागिता जनाएका छन । प्रतियोगीतामा पहिलो वन्ने टिमले ५५ हजार पाँच सय ५५ र दोस्रो वन्ने टिमले ३३ हजार तिन सय ३३ रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, टूफि र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार र विधागत तर्फ ब्लकर, स्पकाइकर, डिफेन्डर, सर्भर र सेटरलाई १५÷१५ सय नगद पुरस्कार प्रदान गरिने छ । स्ववियुका उपसचिव तथा खेलकुद उपसमितिका संयोजक रचन परियारको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पुर्व स्ववियु सभापती एवं नेपाली कांग्रेसका नेता राजनराज पन्त, क्याम्पस प्रमुख नवराज पाण्डे, स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिका सदस्य रचना बसेल लगायतले मन्तव्य राखेका थिए ।