आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीतामा धौलागिरी वहुमुखी क्याम्पस पहिलो
आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगीतामा धौलागिरी वहुमुखी क्याम्पस पहिलो
गोरखा ः गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा भएको प्रदेश स्तरीय आंगिक क्याम्पस छात्रा भलिवल प्रतियोगितामा धौलागिरी वहुमुखी क्याम्पस बागलुङ पहिलो बनेको छ ।
सोमबार पृथ्वी नारायण क्याम्पस र धौलागिरी वहुमुखी क्याम्पस विच भएको खेलमा लगतार ३ कोट हात पार्दै धौलागिरी वहुमुखी क्याम्पस पहिलो बनेको हो । पहिलो बनेको धौलागिरी क्याम्पसले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै दोस्रो बनेको पृथ्वी नारायण क्याम्पस पोखराले भने ३३ हजार ३ सय ३३ रुपैया नगद पुरस्कार सहित टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेशका चार वटा आङ्गिक क्याम्पसहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङ, गोरखा क्याम्पस प्रमुख नवराज पाण्डे लगायतको सहभागीता रहेको थियो ।