मोवाइलबाटै पानी वन्द र खोल्न मिल्ने प्रविधिको प्रयोग
मोवाइलबाटै पानी वन्द र खोल्न मिल्ने प्रविधिको प्रयोग
गोरखा ः आरुघाट गाउँपालिका–१० को सिंखोला डाँडागाउँ लिफ्टीङ खानेपानी आयोजनाको पानी संचालनका लागी अव मुहान सम्म पुग्नु पर्दैन । रिमोट कन्टूोल(मोवाइल)बाटै पानी संचालन र वन्द गर्न मिल्ने भएको छ ।
मोवाईलबाट नै पानिको मोटर चलाउन र बन्द गर्ने मिल्ने प्रविधि प्रयोगमा ल्याइएको हो । १ सय ५० घरधुरिले उपभोग गर्दै आएको सिंखोला डाडागाउँ लिफ्टिंग खानेपानि रिमोट कन्टूोल गरि सन्चालन गर्न मिल्ने र बन्द गर्ने मिल्ने प्रविधिको प्रयोग गरिएको वडा अध्यक्ष संजित श्रेष्ठले बताए । ‘पानि मुहानको ट्याङ्की गाउँबाट पनि टाढा छ, आउन जान घण्टौ लाग्थ्प्यो, मोवाइलबाट नै खोल्न र वन्द गर्न मिल्ने भएपछि सहज वनेको छ,’ उनले भने । रिमोट कन्टूोल प्रविधिको प्रयोग गरेसँगै हेरालुलाई मुहान सम्म पुग्नुपर्ने वाध्यता पनि हटेको हो । ‘तल ट्याङ्किमा एउटा सिम हुन्छ उत्त नम्वरमा कल गरे पछि अप्सन आउँछ अप्सन पानि चलाउन र बन्द गर्ने मिल्ने राखिएको छ,’ उनले भने,‘घरमै वसेर पानी खोल्न र वन्द गर्न मिल्छ ।’ जिल्लाका केहि लिफ्टीङ खानेपानीमा यो प्रविधिको यस अघि पनि प्रयोग भएको छ । खानेपानी समयमै संचालन गर्न र वन्द गर्न यो प्रविधि सहज वन्ने अपेक्षा गरिएको छ ।