खुल्ला भलिबल प्रतियोगिता हुने
खुल्ला भलिबल प्रतियोगिता हुने
गोरखा ः धार्चे गाउँपालिका–३ स्थित खोर्लामा गोरखा जिल्ला भित्रको क्लव स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । दशैको अवसर पारि सामुहि जनसेवा केन्द्र,खोर्लाले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता असोज २७ गतेबाट २९ गते सम्म हुने आयोजकले बताए । आयोजकका अनुसार खुल्ला भलिबल प्रतियोगिता संगै लोक दोहोरी प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खोर्ला कोट दौड प्रतियोगिता लगायत साँस्कृतिक कार्यक्रमहरु हुने छ । भलिबल प्रतियोगितामा पहिलो हुने टिम ५५ हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।