७ सय १ जनामा डेङ्गु, ३ सय ६९ जनामा स्क्रव टाईफस संक्रमण
७ सय १ जनामा डेङ्गु, ३ सय ६९ जनामा स्क्रव टाईफस संक्रमण
गोरखा ः चालु आर्थिक बर्षको दुइ महिनाको अवधिमा सात सय बढीमा डेङ्गु संक्रमण देखिएको छ । साउन यता ७ सय १९ जनामा डेङ्गु र ३ सय ६९ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा मात्र ५ सय ७० जनामा डेङ्गुको संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा गोरखा नगरपालिकामा सबै भन्दा धेरै डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै पालुङटार नगरपालिकाको ५५ जना, भिमसेन थापा गाउँपालिकाको २, शहिद लखनको १२ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । अजिरकोट ३, गण्डकी १०, बारपाक सुलिकोट ३, आरुघाट ६२ र चुमनुब्रि गाउँपालिकामा २ जनामा डेङ्गु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्र जिल्लाका ४ सय ८८ जनामा डेङगुको संक्रमण देखिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा भने जिल्लामा ५ सय २९ जना डेङगु संक्रमित भेटिएका थिए । डेङ्गु एडिज लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । त्यस्तै गोरखा नगरपालिका भित्रका ३ सय ६९ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । चालु आर्थिक बर्ष गोरखा नगरपालिकामा एक सय ५३ जनामा स्क्रव टाइफस संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेखत र छ । पालुङटार नगरपालिका ५४ जना, भिमसेन थापा ८ जना, शहिद लखन ३ जना, सिरानचोक ८ जना, आरुघाट गाउँपालिकामा एक सय ४३ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । गत आर्थिक वर्ष जिल्लामा १ सय ६३ जनामा स्क्रव टाइफस संक्रमण देखिएको थियो भने गोरखा नगरपालिकामा मात्र ६२ जनालाई स्क्रव टाइफस पुष्टि भएको थियो ।