एकै रातमा ४ पसलमा चोरी
एकै रातमा ४ पसलमा चोरी
गोरखा ः सिरानचोक गाउँपालिका–५ स्थित छोप्राकमा एकै रात ४ पसलमा चोरी भएको छ । गत शुक्रबार राति चोरीको घटना भएको सिरानचोक गाउँपालिका–५ का वडा सदस्य रामचन्द्र पोखरेलले बताए ।
वर्षा र राती बिजुली नभएको मौका छोपी सडक किनाराको एउटै लाईनका चार पसल तोडफोड गरि चोरी भएको उनले बताए । काजिमान कोइरालाको फेन्सी पसल, जितेन्द्र बाबु श्रेष्ठको होटेल एन्ड रेस्टुरेन्ट, अर्जुन बसेलको खाली घर र प्रेम बहादुर नेपालीको सिलाई बुनाई पसल फुटाएर चोरी भएको पोखरेलले बताए । काजिमान कोइरालाको फेन्सी पसलबाट नगद सहित जुक्ता, कपडा, घडी लगायतको करिव ३० हजार बराबरको सामाग्री चोरी भएको उनले बताए । त्यस्तै जितेन्द्र बाबु श्रेष्ठको होटेल एन्ड रेस्टुरेन्टबाट भने पेय पदाथ, चुरोट लगायतका करिव २५–३० हजारको सामाग्री चोरी भएको छ । प्रेमबहादुर नेपालीको सिलाइ बुनाइ पसलबाट ५ हजार नगद चोरी भएको र पसल तोडफोड भएको छ । अर्जुन बसेलको भने खाली घरमा तोडफोड भएको पोखरेलले बताए ।