खोलाले वगाएर वृद्धको मृत्यु
खोलाले वगाएर वृद्धको मृत्यु
गोरखा ः खोलाले वगाएर शहिदलखन गाउँपालिका–६ घैरुङ स्थित अधेँरीकी ७० बर्षिय बालकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
शनिबार वुंकोटबाट घर फर्कदै गरेकी वृद्ध आइतबार विहान सुकौरा खोला किनारमा मृत भेटिएकी हुन् । सुकौरा खोलाले वगाएर वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘वुंकोटको दिदिको घरबाट उहाँअधेरी घर फर्कनु भएको रहेछ,’जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले भने । शनिबार साँझ सम्म वृद्ध घर सम्म नपुगेपछि खोजी गर्दा खोला किनारमा मृत वृद्ध भेटिएकी हुन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।