बाढीले क्षति पुगेका झोलुङ्गे पुल निर्माण तथा मर्मतको माग
बाढीले क्षति पुगेका झोलुङ्गे पुल निर्माण तथा मर्मतको माग
गोरखा ः त्रिशुलीको वाढीले क्षति पु¥याएको पुल निर्माण र मर्मत यथासिग्र गर्न माग गरिएको छ । असोज १०, ११ र १२ को वाढीले क्षति पुगेको पुलहरु निर्माण तथा मर्मत यथासिग्र अगाडी वढाउन सम्पेन्सन व्रिज महाशाखा पुल्चोक लाई भनिएको हो ।
आशिंक रुपमा क्षति पुगेको ६ वटा पुलको मर्मत तथा पुर्ण क्षति भएको ठेवाटार र धारापानी जोड्न पुल निर्माणका लागि प्रतिनिधि सभा सदस्य राजेन्द्र वजगाईले महाशाखालाई अनुरोध गरेका हुन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ र गण्डकी गाउँपालिका ७ जोड्ने धवादी घाट चरौदी झोलुङ्गे पुल, गण्डकी गाउँपालिका–८ को कौदी खोला झोलुङ्गे पुल,गण्डकी गाउँपाििलका–८ र चरौदी जोड्ने चरौदी वजार झोलुङ्गे पुलको मर्मतका लागि भनिएको छ । त्यस्तै गोरखाको शहिद लखन–३ र चितवनको इच्छाकामना–३ जोड्ने सिलीङटार झोलुङ्गे पुल, गण्डकी गाउँपालिका–६ र बेनिघाट रोराङ जोड्ने हिक्लुङ घाट झोलुङ्गे पुल मर्मतका लागि पनि आग्रह गरिएको छ । त्रिशुलीको भेल वढेर झोलुङ्गे पुलमा क्षति पु¥याउँदा स्थानीय जोखिम मोलेर आउजाउ गर्दै आएका छन् । त्रिशुली नदिको वाढीले झोलुङ्गे पुलको लठ्ठा चुडिने तथा जिपमा क्षति पुगेको छ । स्थानीयहरुल पनि पुल मर्मतको लागि आग्रह गर्दै आएका छन् ।